Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

निर्धारित समयभित्रै भूमि अध्यादेश पनि पारित हुन्छ : सञ्चारमन्त्री गुरुङ

निर्धारित समयभित्रै भूमि अध्यादेश पनि पारित हुन्छ : सञ्चारमन्त्री गुरुङ

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्धारित समयभित्रै भूमि अध्यादेश पनि पारित हुने दाबी गरेका छन्।

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री गुरुङले सो कुरा बताएका हुन् ।

उनले भूमि अध्यादेशबारे सत्तारुढ दलहरूबीच छलफल चलिरहेको बताए।

सञ्चारमन्त्री गुरुङले भने, ‘सरकारले ६ वटा अध्यादेश जारी गरेको थियो। जारी भएको अध्यादेश सांसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार ५ वटा प्रतिनिधि र राष्ट्रियसभाबाट पारित भइसकेका छन्। एउटा बाँकी छ। ६० दिनभित्र पास गर्नुपर्ने हुन्छ। भूमि अध्यादेशमा सत्तारुढ दलहरूबिच फेरि छलफल र विस्तृत सहमति गर्न आवश्यक छ। त्यसैले त्यो हराएको छैन।’

भूमि अध्यादेश पारित गर्न जसपा नेपालले अस्वीकार गरेपछि अहिले होल्डमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077