Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

जनताले उखालेर फ्याँकेको राजतन्त्र ल्याउने प्रयास सफल हुँदैन : नेता निधि

जनताले उखालेर फ्याँकेको राजतन्त्र ल्याउने प्रयास सफल हुँदैन : नेता निधि

शुक्रवार , फाल्गुण २३, २०८१

महोत्तरी । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनताले उखालेर फ्याँकेको राजतन्त्र ल्याउने प्रयास सफल नहुने बताएका छन् ।

महोत्तरीको मनरामा निर्मित मनराशिसवा नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले सो कुरा बताएका हुन् ।

उनले राजतन्त्र ल्याउँछु भनेर केही शक्तिहरू लागे पनि सफल नहुने बताए।

नेता निधिले भने, ‘अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याएका छौँ । संघीयता र गणतन्त्रको बारेमा धेरै आलोचना र चर्चा हुन्छ । अहिले असफल प्रयास भइरहेको छ । जनताले उखालेर फ्याल्दिएको राजतन्त्र अहिले ल्याउँछु भनेर सडकमा केही प्रदर्शन गरेर भ्रमित पार्ने कोसिस गरिरहेको छ । म ती शक्तिहरूलाई भन्न चाहन्छु- नेपालमा अब गणतन्त्रलाई कसैले उल्टाउन चाहे त्यो सफल हुँदैन।’

उनले राजतन्त्र फर्काउने प्रयास सफल नहुने बताए । नेता निधिले व्यवस्थाविरुद्ध कोही लागे आफैँ राष्ट्रिय आन्दोलन तयार हुने भन्दै त्यसको लागि कांग्रेस र मधेश पनि तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077