Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

पूर्वराजा शाहलाई ०८४ को निर्वाचन लड्न प्रधानमन्त्री ओलीको चुनौती

पूर्वराजा शाहलाई ०८४ को निर्वाचन लड्न प्रधानमन्त्री ओलीको चुनौती

शुक्रवार , फाल्गुण २३, २०८१

वीरेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ०८४ को निर्वाचन लड्न चुनौती दिएका छन् ।

कर्णाली प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त चुनौती दिएका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्रतर्फ संकेत गर्दै लोकप्रिय छु भन्ने लागे ०८४ को निर्वाचन पर्खन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले अराजकता मच्चाएको भरमा सत्ता कब्जा गर्ने भन्दै कुन प्रणाली ल्याउन खोजेको भनि प्रश्न पनि गरे ।

प्रधानमन्त्री ओलीले भने,'बहुमत मान्दिनँ, जनताले छानेका प्रतिनिधि मान्दिनँ, जनताले छानेको प्रतिनिधिको शासन मान्दिनँ कानुनले, संविधानले भनेको मान्दिनँ । यो कस्तो शासन ल्याउन खोज्या ?'

उनले चुनावमा स्वागत गर्न आफूहरू तयार रहेको पनि बताए । प्रधानमन्त्री ओलीले ०८४ को निर्वाचनसम्म कांग्रेस र एमालेको सहमति नटुट्ने दाबी गरे।

उनले देशको प्रणाली, देशै बचाउनका लागि कांग्रेस– एमाले मिलेर सरकार बनाएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077