Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

एमाले मोरङ अधिवेशन : ओलीलाई झट्का, भण्डारी पक्षधर प्यानल नै निर्वाचित

एमाले मोरङ अधिवेशन : ओलीलाई झट्का, भण्डारी पक्षधर प्यानल नै निर्वाचित

शुक्रवार , फाल्गुण २३, २०८१

मोरङ । नेकपा एमाले मोरङको अध्यक्षमा संस्थापन इतर पक्षका अजम्बर राई निर्वाचित भएका छन् । १०औँ जिल्ला अधिवेशनअन्तर्गत शुक्रबार सकिएको मतगणनामा राई नेतृत्वको प्यानल नै निर्वाचित भएको हो ।

अध्यक्षमा राई ४४६ मतसहित निर्वाचित हुँदा संस्थापन पक्षका राजकुमार ओझाले ४०७ मत मात्रै प्राप्त गरे ।

सम्पन्न मत परिणामअनुसार पदाधिकारीमा उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, सहसचिवमा सन्तोष बान्तवा र महिला सहसचिवमा उषा झा विजयी भएका छन् ।

उनीहरू पनि राई प्यानलकै उम्मेदवार हुन् । जिल्लाको नेतृत्वको लागि पूर्वराष्ट्रपति भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरू प्यानल बनाएरै मैदानमा उत्रिएका थिए ।

पूर्वराष्ट्रपति भण्डारी पक्ष प्यानलको नेतृत्व विनोद ढकालले गरेका थिए भने ओली समूहको नेतृत्व उपाध्यक्ष गुरु बरालले गरेका थिए ।

भण्डारी समूहबाट अध्यक्षका लागि राई र ओली समूहबाट ओझा अध्यक्षका उम्मेदवार थिए । तर ओली पक्षका ओझा पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077