Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

सभापति देउवा भन्छन् - म फेरि प्रधानमन्त्री बन्ने सम्भावना छ, अब बलियो देश बनाउँछु

सभापति देउवा भन्छन् - म फेरि प्रधानमन्त्री बन्ने सम्भावना छ, अब बलियो देश बनाउँछु

शुक्रवार , फाल्गुण २३, २०८१

महोत्तरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू फेरि प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका छन् ।

शुक्रवार महोत्तरीको मनराशिश्वामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले आफू पद ओगट्न चाहने नेता नभएको दाबी गरे ।

‘अहिले ओलीजी हुनुहुन्छ । पछि कांग्रेसबाट प्रधानमन्त्री बन्ने हो,’ सभापति देउवाले भने, ‘म पद ओगट्न चाहने नेता पनि होइन । धेरैपल्ट प्रधानमन्त्री भइसक्या छु । अर्को पटक पनि प्रधानमन्त्री बन्ने सम्भावना छ ।’

आफूमा अब प्रधानमन्त्री हुने चाहना भन्दा पनि बलियो देश बनाउने सपना मात्रै बाँकी रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077