Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जनाको नाम सिफारिस

स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जनाको नाम सिफारिस

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ ।

कार्यकारी निर्देशक नियुक्तिका लागि निर्णय गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पठाएको हो।

समितिले आवेदन स्वीकृति भएका १० जनासंग गत १८ र १९ फागुनमा लिएको प्रस्तुतिकरण र अन्तर्वार्ता पछि तीन जनाको नाम सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।

समितिले कार्यकारी निर्देशक पदका लागि कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्लेको नाम सिफारिस गरेको हो ।

सम्भवत: अब बस्ने मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यको यो प्रस्तावलाई निर्णय गर्नेछ ।

मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी समालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077