Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रतिक्रान्तिलाई परास्त गर्ने जिम्मेवारी फेरि एकपटक हाम्रो काँधमा आएको छ : प्रचण्ड

प्रतिक्रान्तिलाई परास्त गर्ने जिम्मेवारी फेरि एकपटक हाम्रो काँधमा आएको छ : प्रचण्ड

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रान्तिलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक आफुहरुको काँधमा आएको बताएका छन् ।

वाईसीएल नेपालको बैठक उदघाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले अझ बढी संगठित र सशक्त भएर प्रतिक्रान्तिकारीहरुलाई परास्त गर्नुपर्ने धारणा राखे।

पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै प्रचण्डले जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु स्वाभाविक नहुने उल्लेख गरे ।

त्यस्ता प्रयासका विरुद्ध अझ बढी संगठित हुन युवाहरुलाई आह्वान गरे ।

अहिलेको सरकारले गरिरहेको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीहरुले आफूलाई स्पेस पाएको महसुस गर्न थालेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले यसलाई क्रान्तिकारीहरुले क्रान्ति पूरा गर्ने अवसरको रुपमा लिनुपर्ने बताए ।

गणतन्त्रको विकल्प कुनै पनि नामको निरंकुशता नभई समाजवादी गणतन्त्र भएकाले यसमा बल दिएर अगाडि जानुपर्ने बेला आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077