Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

सत्ताको ड्राइभिङ सिटमै विचौलियाको रजगज छ : प्रचण्ड

सत्ताको ड्राइभिङ सिटमै विचौलियाको रजगज छ : प्रचण्ड

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ताको ड्राइभिङ सिटमै विचौलियाहरुको रजगज रहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले उक्त आरोप लगाएका हुन् । उनले पछिल्लो ८ महिनामा भएका सबै नीति, निर्णय र नियुक्तिमा विचौलियाको हस्तक्षेप भएको आरोप लगाए।

उनले यो ८ महिनामा विचौलियाबिना भएको एउटै मात्रै उदाहरण दिन पनि आग्रह गरे।

अध्यक्ष प्रचण्डले भने,‘म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला ८ महिनामा एउटै नीति, निर्णय र नियुक्ति मलाई भनिदिनुस् जसका पछाडि विचौलिया छैन । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ।’

उनले अहिलेको सत्ताको ड्राइभिङ सिटमै विचौलिया रहेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077