काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
राजावादीको चहलपहलका पछाडि देशभित्र र बाहिरको चलखेल मिसिएको उनले बताए। लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई अध्यक्ष प्रचण्डले आग्रह गरे।
अध्यक्ष प्रचण्डले भने, ‘सडकबाटै राजतन्त्र पुनर्स्थापनाको चुनौती दिन थालेका छन्। राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास भएको कुरा हामीलाई थाहा छ। यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन्।’
उनले सत्तामा रहेका पार्टीले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष मूल कारण भएको आरोप लगाए।