Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रचण्डलक्षित गोकर्ण विष्टको टिप्पणी - सर्पको खुट्टा सर्पले नै देखेको हुन्छ

प्रचण्डलक्षित गोकर्ण विष्टको टिप्पणी - सर्पको खुट्टा सर्पले नै देखेको हुन्छ

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । नेकपा एमाले सचिव गोकर्ण विष्टले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्पको संज्ञा दिएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विष्टले उक्त टिप्पणी गरेका हुन्। सांसद विष्टले विगतमा त्यस्ता प्रवृत्तिका व्यक्तिसँग उठबस गर्ने गरेकैले गर्दा प्रचण्डलाई यस्तो भान परेको हो कि भनी आशंका गरे ।

संसद् बैठकमा बोल्दै प्रचण्डले सत्ताको ड्राइभिङ सिटमै विचौलियाहरुको रजगज रहेको आरोप लगाएका थिए ।

सांसद विष्टले भने,‘प्रमुख प्रतिपक्षी दलका नेताले अत्यन्तै अमर्यादित र गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको छ । सर्पले सर्पको खुट्टा देख्छ भनेझैं उहाँलाई पनि त्यस्तै दृश्य देख्ने बानी परेको हो कि ?’

आज जुन प्रकारले जनतामा असन्तुष्टि पैदा भएको छ, निराशा पैदा भएको छ, यो सबैको कारण वर्तमान सरकार हो भनेर प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले भाष्य बनाउन खोजेको पनि उनले बताए।

विष्टले सुशासन प्राप्तिका लागि गरेका प्रयास, अनि सुधारका योजनाले सबैको साथ पाउनुपर्ने बताए। सांसद विष्टले लोकतन्त्रको डुंगा प्वाल पार्न खोज्दा सरकारमात्र नडुब्ने गणतन्त्रवादी सबै डुब्ने टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077