Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कोशी प्रदेशसभामा प्रधानमन्त्री ओलीको प्रश्न - अहिलेको भन्दा राम्रो प्रणाली के हो ?

कोशी प्रदेशसभामा प्रधानमन्त्री ओलीको प्रश्न - अहिलेको भन्दा राम्रो प्रणाली के हो ?

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गरेर भए पनि कानुनी राज स्थापना गर्नुपर्ने बताएका छन् ।

कोशी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताए ।

उनले केही मान्छेहरूको स्वार्थको पछि देश लाग्न नसक्ने बताए । उनले पछिल्लो समय व्यवस्था र संविधानका विरुद्धमा आवाज उठ्न लागेको भन्दै त्यसतर्फ आपत्ति जनाए। प्रधानमन्त्री ओलीले अहिलेको भन्दा राम्रो प्रणाली के हो ? भन्दै प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले भने,‘अहिले व्यवस्था र संविधानका विरुद्धमा पनि केही आवाज उठ्न थालेको छ । स्पष्ट के हो भने, चाहियो के त ? यो भन्दा बेटर प्रणाली कुनै छ भने ठिक छ । यो भन्दा राम्रो प्रणाली के हो ? एकाध मान्छेका स्वार्थहरूको पछाडि देश लाग्न सक्दैन । बेटर प्रणालीका लागि संविधान र सरकार तयार छ । जनता तयार छन् ।’

त्यसका लागि शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणालीको बाटोमा सरकार रहेको जिकिर गरे । उनले अहिलेको प्रणाली नै नागरिक सर्वोच्चता भएको भन्दै अहिले सरकार समाजवादतर्फ उन्मुख भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077