Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने समाजवादी मोर्चाको निर्णय

चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने समाजवादी मोर्चाको निर्णय

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने भएको छ ।

लामो समयपछि मंगलबार बसेको मोर्चा बैठकले चैत १५ गते संयुक्त विरोधसभा गर्ने निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्नका लागि भन्दै चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

गणतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्न लागिएको उनले बताए । त्यसअघि चैत्र १ गते बुद्धिजीवीसँग अन्तक्र्रिया गर्ने र त्यही दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077