कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
विपक्षी दलहरुको अवरोधपछि सभामुख भीमबहादुर भण्डारीले बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन् ।
प्रदेश सरकारले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै अनावश्यक दरबन्दी थपेर आर्थिक भार बढाएको भन्दै विपक्षी दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले बैठकमा उठेर अवरोध गरेका थिए ।
विपक्षी दलकातर्फबाट बोल्दै एकीकृत समाजवादीका प्रदेश सभा सदस्य नरेशकुमार शाहीले सरकारले फजुल खर्च बढाउने काम गरेको भन्दै नसच्याएसम्म बैठक अघि बढ्न नसक्ने चेतावनी दिएका थिए ।
आसनमा बस्न बारम्बार गरेको आग्रह विपक्षी दलका सांसदहरुले नमानेपछि सभामुख भण्डारीले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए ।