Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

म भर्खर ७४ लागेँ, बुढो भन्न मिल्दैन : प्रधानमन्त्री ओली

म भर्खर ७४ लागेँ, बुढो भन्न मिल्दैन : प्रधानमन्त्री ओली

मंगलवार , फाल्गुण २७, २०८१

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ‘बुढो नभएको’ बताएका छन् ।

मंगलबार कोशी प्रदेशसभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे प्रस्ट पार्दै यस्तो बताएका हुन् ।

उनले आफू भर्खर ७४ वर्षमा प्रवेश गरेको भन्दै बुढो नभएको बताए ।

उनले भने, ‘म धेरै पटक अपरेशन गरिसकेको छु, दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु। अपरेशन गरेर बाँचिरहेको मान्छे हुँ। भर्खरै आयोजित कार्यक्रममा प्रमुख अतिथि १०१ वर्षका हुनुहुन्थ्यो। म त भर्खर ७४ लागेँ, ठिकै छु, बुढो भए भन्न मिल्दैन।’

उनले सरकारले देशको मुहार बदल्ने अठोटका साथ काम गरिरहेको दाबी गरे । अनावश्यक विवादमा आफू संलग्न हुन नचाहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077