काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले आफू कसैको विरोध नभएको बताएका छन् ।
मङ्गलबार साँझ सामाजिक सञ्जाल फेसबूकमार्फत उनले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, 'म कसैको विरोधी होइन ।' उनले आफूलाई मुलुक र जनता पक्षको दाबी गरे ।
'मुलुक, जनता, जनजीविका र हाम्रा सभ्यताको पक्षको हुँ,' उनले थप भनेका छन्, 'मेरा विमति र असहमति विचारमा र प्रवृत्तिमा हो, व्यक्तिमा होइन।'