Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री प्रचण्ड आज रुपन्देही आउँदै, यस्तो छ कार्यतालिका

पूर्वप्रधानमन्त्री प्रचण्ड आज रुपन्देही आउँदै, यस्तो छ कार्यतालिका

बुधवार , फाल्गुण २८, २०८१

बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देहीमा आउने भएका छन् ।

दिनभर विभिन्न कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा भाग हुनेछन् ।

अध्यक्ष प्रचण्डको कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ बजे रुपन्देही जिल्लाको ओमसतिया–६ मा अवस्थित रामजानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। यो धार्मिक तथा ऐतिहासिक महत्वको पार्क निर्माणले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

त्यसपछि अध्यक्ष प्रचण्ड बुटवल उपमहानगरपालिकाको समन्वयमा ज्योतिनगर पहिरो क्षेत्रको निरीक्षण गर्नेछन्। दिउँसो बुटवल ट्राफिक चोकमा आयोजना हुने मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन्।

त्यसपछि रुपन्देहीका कार्यक्रमको अन्तिम कार्यक्रमअन्तर्गत अध्यक्ष प्रचण्डले सैनामैनामा चलिरहेको सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077