Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको तालाबन्दी

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको तालाबन्दी

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएको आरोप लगाउँदै तालाबन्दी गरेको हो।

आधिकारिक रूपमा अध्यक्षमा अनोज कार्कीको नेतृत्वको टीम भएपनि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय ५ बजेपछि मनोनयन दर्ता गरिएको आरोप छ।

समयसीमा कटेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतले आदिकल्चो फर्म लिएर बुझेकाले सो कुरा नसच्चिएसम्म तालाबन्दी गरिएको नेविसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077