Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

सुदूरपश्चिम सरकारलाई ओमबिक्रमको प्रश्न - चालु अधिवेशन बजेट अधिवेशन होकि हिउँदे ?

सुदूरपश्चिम सरकारलाई ओमबिक्रमको प्रश्न - चालु अधिवेशन बजेट अधिवेशन होकि हिउँदे ?

बुधवार , फाल्गुण २८, २०८१

कैलाली । नेकपा (माओवादी केन्द्र) का नेता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमबिक्रम भाट 'सरल'ले सरकारले प्रदेश सभाको अपमान गरिरहेको आरोप लगाएका छन् ।

बुधबार धनगढीमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रदेश सभालाई पर्याप्त विजनेश नदिएर सरकारले प्रदेश सभाको अपमान गरिरहेको आरोप लगाए ।

उनले सुदूरपश्चिम प्रदेश सभाको चालु अधिवेशन बजेट अधिवेशन होकि हिउँदे भन्दै प्रश्न गरे । उनले भने, 'सुदूरपश्चिम प्रदेश सभाको चालु अधिवेशन बजेट अधिवेशन होकी हिउँदे अधिवेशन हो । यदि बजेट अधिवेशन हो भने अन्त्य भएर हिउँदे अधिवेशन कहिले सुरु हुन्छ ? होइन भने हिउँदे अधिवेशनलाई सभाले कानुन निर्माण गर्ने अधिवेशनका रुपमा लिन्छ । तर प्रदेश सभालाई सरकारले पर्याप्त विजनेस नदिएर किन सभालाई अपमान गरिरहेको छ ?'

साथै उनले निर्णय विपरीत काम गरेको भन्दै प्रदेश सरकारलाई कसरी विश्वास गर्ने भन्दै प्रश्न गरे । उनले प्रदेश सरकार अपार्दर्शी रुपमा चलिरहेको आरोप लगाए । यस्तै उनले प्रतिपक्ष दलले उठाएका विषयमा सरकार र मुख्यमन्त्रीले वार्ता गर्न अस्वीकार गरिरहेको उनले बताए ।

यदि सरकार र मुख्यमन्त्री आफूले उठाएका जनताका सवालमा वार्ता गर्न तयार नभएर संघर्ष जारी राख्ने चेतावनी दिए । यसैगरी उनले सरकारले अहिलेसम्म बजेटसमेत खर्च गर्न नसकेको भन्दै आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077