Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

होलीको शुभकामना दिँदै सभापति देउवाले भने - फागु पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो

होलीको शुभकामना दिँदै सभापति देउवाले भने - फागु पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो

बिहिवार , फाल्गुण २९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको बताएका छन् ।

फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको उल्लेख गरे ।

देउवाले वसन्त ऋतुको आगमनसँगै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले यस पर्वमा खेलिने विविध रङहरू जस्तै विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको उल्लेख गरेका छन्।

उनले भने, ‘फागु पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो। अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ। यस अवसरमा मेरो र पार्टीको तर्फबाट हार्दिक शुभकामना छ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077