Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

होलीले सबै वर्ग, जाति, भूगोल र सांस्कृतिक अन्तर्घुलनको प्रतिनिधित्व गर्छ : प्रचण्ड

होलीले सबै वर्ग, जाति, भूगोल र सांस्कृतिक अन्तर्घुलनको प्रतिनिधित्व गर्छ : प्रचण्ड

बिहिवार , फाल्गुण २९, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले होलीले सबै वर्ग, जाति, भूगोल र सांस्कृतिक अन्तर्घुलनको प्रतिनिधित्व गर्ने बताएका छन् । उनले होलीको शुभकामना दिंदै यस्तो बताएका हुन् ।

'आज पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेशमा हर्षोल्लासका साथ मनाइने फागु पूर्णिमा (होली पर्व) २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु', उनले भने, 'रङ्हरूको पर्वका रूपमा स्थापित होली पर्व त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ ।'

अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालीको साझा पहिचान भएको उनले बताएका छन् ।

यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू रहेको बताउँदै ती चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077