Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

बिहिवार , फाल्गुण २९, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् ।

भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी बिहीबार अपराह्न दिल्ली पुगेकी हुन् ।

उनको सचिवालयले जनाएअनुसार मन्त्री राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले स्वागत गरेका थिए।

राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछिन्।

भारतमा उनले भारतीय समकक्षी एस जयशङ्कर तथा अन्य मित्रराष्ट्रका समकक्षीहरूसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077