Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एकैदिन तोलामा ४ हजार रूपैयाँले बढ्यो सुनको मूल्य, फेरि बनायो नयाँ रेकर्ड

एकैदिन तोलामा ४ हजार रूपैयाँले बढ्यो सुनको मूल्य, फेरि बनायो नयाँ रेकर्ड

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत फागुन १३ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार दुई सय रूपैयाँ बढी हो।

यस्तै बुधबार भने प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा सुनको कारोबार भएको थियो। बुधबारको तुलनामा शुक्रबार भने सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँ बढेको हो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला दुई हजार रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077