Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

पूर्वराजालाई प्रचण्डको चुनौती - भाइमाराहरूले राजा बन्ने सपना नदेख्नू

पूर्वराजालाई प्रचण्डको चुनौती - भाइमाराहरूले राजा बन्ने सपना नदेख्नू

शुक्रवार , फाल्गुण ३०, २०८१

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भाइमाराहरूलाई राजा बन्ने सपना नदेख्न चुनौती दिएका छन् ।

सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले ज्ञानेन्द्र शाह लक्षित उक्त टिप्पणी गरेका हुन्।

उनले आफ्नै सन्तान मार्नेहरूलाई नेपाली जनताले कहिल्यै नस्वीकार्ने बताए ।

‘नेपालका ठूल्ठूला मूर्ति चोरहरू अहिले राजा?’, आक्रोशित हुँदै उनले भने, ‘भाइमारा को हो? सुन तस्कर को हो? आफ्नै वंश मास्नेले अहिले आएर धाक लगाउन मिल्छ? नेपाली जनताले बिर्सियो भन्ठानेको?’ आफू पहिलोपट प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको बताउँदै त्यो बेला सरकारबाट बाहिरिनु नपरेको भए भाइमारा र राजद्रोहीहरूलाई इतिहासको कठघरामा ठेगान लगाइसक्ने प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077