Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनालाई कसैले रोक्न नसक्ने राजेन्द्र लिङ्देनको दावी

नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनालाई कसैले रोक्न नसक्ने राजेन्द्र लिङ्देनको दावी

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनालाई कसैले रोक्न नसक्ने दावी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लिङ्देनले यस्तो दाबी गरेका हुन् ।

देश अहिले चौबाटोमा पुगिसकेको भन्दै अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनालाई कसैले रोक्न नसक्ने दावी गरे ।

उनले भीडले नेताहरूलाई विस्थापित गरेर वा राजनीतिक दलहरूको बीचमा सहमति कायम गरेर राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापना हुने भन्दै आफूहरू दल सबै अटाउने प्रजातन्त्रसहिको राजसंस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077