Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रचण्डलाई शाहीको जवाफ - तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यौ

प्रचण्डलाई शाहीको जवाफ - तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यौ

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनास गरेको आरोप लगाएका छन् ।

शुक्रबार साझ सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आरोप लगाएका हुन् ।

'सिधा भाषामा भन्दा विदेशीको इशारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यौ,' शाहीले लेखेका छन् ।

उनले अगाडि सोधेका छन्, 'भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्‍यो, तपाईंले। विदेशीको इशारामा मन्दिर, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईंले। ३३ किलो सुन तस्कर कसले गर्‍यो ? तपाईंले। क्यान्टोनमेन्ट घोटाला कसले गर्‍यो ? तपाईंले।'

यसअघि दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहीलाई 'भाइमारा' र 'मूर्ति चोर'को संज्ञा दिँदै धेरै चुरीफुरी नगर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077