Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

निमित्तको भरमा १८७ स्थानीय तह

निमित्तको भरमा १८७ स्थानीय तह

शनिवार , चैत्र १, २०८१

काठमाडौँ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा महिनौँदेखि शिक्षा सेवातर्फका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको काम गर्दै आएका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पूर्ण रूपमा कामबारे जानकारी नहुँदा विकास निर्माण, सेवा प्रवाह, समन्वय र सहजीकरणमा समस्या पर्दै आएको छ ।

जाजरकोटको कुसे गाउँपालिकामा पनि पाँच महिनादेखि स्वास्थ्य सेवातर्फका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । यहाँ २०७४ सालदेखि अधिकांश समय निमित्त प्रमुख प्रशासकीय अधिकृतले नै काम गर्दै आएका छन् ।

बाराको महागढीमाई नगरपालिकामा एक वर्षदेखि इन्जिनियरिङ सेवाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले नै सेवा प्रवाह गर्दै आएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयन र सेवा प्रवाहमा समेत समस्या पर्दै आएको ती स्थानीय तहले जनाएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाको हुनुपर्ने व्यवस्था छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका यी स्थानीय तह प्रतिनिधि मात्र हुन् ।

कुल ७५३ स्थानीय तहमा अहिले १८७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदा इन्जिनियरिङ सेवा, स्वास्थ्य, कृषि, भेटेरिनरी, शिक्षालगायत सेवाका कर्मचारीले निमित्त अधिकृत भएर काम गर्दै आएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077