Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रचण्डको अभिव्यक्ति हेर्दा देशलाई पुन: हिंसामा धकेल्न खोजेको स्पष्ट हुन्छ : धवलशमशेर राणा

प्रचण्डको अभिव्यक्ति हेर्दा देशलाई पुन: हिंसामा धकेल्न खोजेको स्पष्ट हुन्छ : धवलशमशेर राणा

शनिवार , चैत्र १, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिले देशलाई पुनः हिंसातिर धकेल्न खोजिएको स्पष्ट हुने बताएको छ।

बिहान सामाजिक सञ्जाल फेसबूकमार्फत राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले प्रचण्डको अभिव्यक्तिले देशलाई पुनः हिंसामा धकेल्ने प्रयास भइरहेको स्पष्ट हुने बताएका हुन् ।

'माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशलाई पुनस् अराजकता र हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ,' उनले लेखेका छन्, 'यो परिस्थितिमा सम्पूर्ण देशभक्त तथा राजभक्तहरूमा यस्ता अराजक गतिविधिबाट प्रभावित नभइ संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध छ।'

यसअघि शुक्रबारप्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै भाइमारा र मूर्ति चोरको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077