Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रचण्ड र बाबुरामलाई भारतले पालेको रहेछ, गद्दारहरूलाई इतिहासले माफी गर्ने छैन : ज्ञानेन्द्र शाही

प्रचण्ड र बाबुरामलाई भारतले पालेको रहेछ, गद्दारहरूलाई इतिहासले माफी गर्ने छैन : ज्ञानेन्द्र शाही

शनिवार , चैत्र १, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता भारतको योजनाबद्ध खेल भएको दाबी गर्दै चर्को आलोचना गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले पुष्पकमल दाहाल 'प्रचण्ड' र बाबुराम भट्टराईलाई भारतले पालेको आराप लगाएका हुन् ।

शाहीले भने, “प्रचण्ड र बाबुरामलाई भारतले पालेको रहेछ। गणतन्त्र भारतले ल्याइदिएको रहेछ। हिन्दू राष्ट्र पनि भारतले नै मासेको रहेछ। यो कुराको पुष्टि भारतका वरिष्ठ पत्रकार प्रदीप सिंह र नेपालका लागि भारतीय पूर्वराजदूत रन्जित रेले गरिसकेका छन्।”

उनले माओवादी नेतृत्वमाथि झुटा प्रचार गरेर जनतालाई भ्रममा पार्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने कार्य गरिरहेको आरोप लगाए । शाहीले थपे, “विदेशीको इसारामा चलेका दलालहरू नै अहिले सत्तामा छन्। यी जनहत्यारा र गद्दारहरूलाई इतिहासले माफी गर्ने छैन।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077