काठमाडौं । त्रिचन्द्र कलेजमा मध्यरातमा तालाबन्दी गरिएको छ।
त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापतिकै उम्मेदवारहरुले ताला लगाएका हुन्।
तालाबन्दी गर्नेहरूमा नेविसंघबाट उम्मेदवारी दिएका तर खारेजी भएपछि स्वतन्त्र उम्मेदवारी दिएका श्रीधर श्रेष्ठ र नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका विवेक बानियाँ रहेका छन्।
उनीहरू दुवै जना पूर्व नेविसंघकर्मी हुन्। नेविसंघमा असन्तुष्टि भएपछि बानियाँले नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघ दर्ता गराएर उम्मेदवारी दिएका थिए ।