Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापा भन्छन् - जनतामा आक्रोश छ, नचाहिने काम नगरौँ

कांग्रेस महामन्त्री थापा भन्छन् - जनतामा आक्रोश छ, नचाहिने काम नगरौँ

शनिवार , चैत्र १, २०८१

पाँचथर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार नागरिकहरूमा देखिएको असन्तुष्टि घटाउने काममा केन्द्रित हुनुपर्ने बताएका छन्।

पाँचथरको तुम्बेवा महोत्सव २०८१ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

उनले अहिले नागरिकहरूमा देखिएको आक्रोशमा केही मान्छेहरूले घिउ थप्ने काम गरिरहेको बताए।

महामन्त्री थापाले भने, ‘स्थानीय होस् वा संघीय सरकार जसले भएपनि चाहिने काम मात्रै गरौँ नचाहिने काम नगरौँ। अहिले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख भइसकेको व्यक्तिहरूले जीवनभरी सेवा सुविधा पाउनेगरी कानुन बनाउन सरकारले लाग्यो रे भन्ने हल्ला आएको छ। यस्तो कुराले स्वभाविक रूपमा नागरिकहरूलाई रिस त उठ्ने नै भयो। तर कतिपय कुरालाई हामीले ठिक समयमा ठिक ढङ्गले बुझाउन पनि सक्नुपर्छ।’

उनले आफू स्वास्थ्य मन्त्री हुँदा ठुला नेताहरूको उपचार गर्न विदेश जाने र त्यसको खर्च सरकारले व्यहोर्ने कुरा गलत भएको भन्दै सांसदबाट कानुन बनाएर रोकेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077