Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँनुपर्छ : सभामुख घिमिरे

चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँनुपर्छ : सभामुख घिमिरे

शनिवार , चैत्र १, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँनुपर्ने बताएका छन् ।

फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले आज आयोजना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) र नेपाल चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’मा बोल्दै सभामुख  घिमिरेले सो कुरा बताएका हुन् ।

उनले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले लगानी सम्भावनालाई सही रूपमा पहिचान गरी बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले असल मित्र र निकट छिमेकीका रूपमा नेपालले चीनको प्रगतिमा गौरव गर्नुका साथै बृहत् आर्थिक साझेदारीमार्फत चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077