Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ : प्रचण्ड

दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ : प्रचण्ड

शनिवार , चैत्र १, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दरबार हत्याकाण्डको छानबिन हुनुपर्ने बताएका छन् ।

शनिबार समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले दरबार हत्याकाण्डको कुरा आफूले भूमिगत कालदेखि नै उठाउँदै आएको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘दरबार हत्याकाण्डबारे छानबिन हुनुपर्छ भने कुरा पहिलादेखि भन्दै आएको हुँ र त्यो अझै कायम रहेको छ । जनताको भाषा मैले बोलेको हुँ ।’

उनले समाजवादी मोर्चा प्रचण्डका लागि सरकारमा जाने टेको भएको भन्ने गलत हल्ला फैलिएको बताउँदै मोर्चाका लागि प्रतिवेदन तयार गर्न समय लागेका कारण बैठक बस्न ढिलो भएको बताए ।

समाजवादी मोर्चा जे उद्देश्यले गठन भएको हो त्यही उद्देश्यमा अगाडि बढिरहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077