Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

यस्तो छ चैत १५ सम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ !

यस्तो छ चैत १५ सम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ !

शनिवार , चैत्र १, २०८१

काठमाडौं । संघीय संसद् सचिवालयले चैत १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ तयार गरेको छ ।

शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णयानुसार चैत १५ सम्मको उक्त क्यालेन्डर तयार गरिएको हो ।

क्यालेन्डरअनुसार, अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी सात दिन बैठक बस्नेछ । चैत ३ गते बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची पनि तय गरिएको छ ।

आइतबार (चैत ३) बस्ने बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077