Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रचण्डको सचिवालयले भन्यो - सरकारमा जान लागेको हल्ला निराधार हो

प्रचण्डको सचिवालयले भन्यो - सरकारमा जान लागेको हल्ला निराधार हो

शनिवार , चैत्र १, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले सरकारमा जान लागेको हल्ला निराधार भएको दाबी गरेको छ ।

शनिबार अध्यक्ष प्रचण्डको निजी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत बेतुकको हल्ला चलाइएको दाबी गरेकी हुन् ।

उनले लेखेकी छिन्, ‘भ्रष्टाचारविरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर–घरमा गई जनतासँग हातेमालो गर्दै अघि बढिरहेको हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रको अभियानबाट आत्तिएर हाम्रो पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले “माओवादी केन्द्र पनि सरकारमा जाँदैछ” भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाइएको रहेछ, यसमा बिल्कुलै सत्यता छैन।’

हाम्रो पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077