Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

ऐश्वर्य क्याम्पस स्ववियु निर्वाचन : यस्ता छन् अनेरास्ववियुका उम्मेदवारहरुका एजेन्डा [सूचीसहित]

ऐश्वर्य क्याम्पस स्ववियु निर्वाचन : यस्ता छन् अनेरास्ववियुका उम्मेदवारहरुका एजेन्डा [सूचीसहित]

शनिवार , चैत्र १, २०८१

कैलाली । ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुका तर्फका उम्मेदवारहरुले आफ्ना चुनावी एजेन्डाहरु सार्वजनिक गरेका छन् ।

नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका उम्मेदवारहरुले यही चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि २४ बुँदे एजेन्डाहरु सार्वजनिक गरेका हुन् ।

उनीहरूले विद्यार्थीहरूको शैक्षिक विकास, क्याम्पस व्यवस्थापन, भौतिक पूर्वाधार र अतिरिक्त क्रियाकलापलाई मुख्य प्राथमिकतामा राख्दै आगामी कार्यकालमा ती सुधारहरू लागू गर्ने एजेन्डा अघि सारेका छन् ।

अनेरास्ववियुले ऐश्वर्य बहुमुखी क्याम्पसमा दिपेन्द्र भट्टलाई सभापतिको उम्मेदवार बनाएको छ । पहिलो एजेन्डाका रुपमा विद्यार्थीहरूलाई अध्ययनसँगै व्यक्तित्व विकास, नेतृत्व विकास, लोकसेवा, बैंकिङ, कम्प्युटर तथा अन्य आवश्यक तयारी कक्षाहरू सञ्चालन गरिने रहेको छ ।

यस्तै अध्ययनमा कमजोर विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था गरिने बताइएको छ । वार्षिक रुपमा आयोजना हुँदै आएको एमसी कप भलिबल प्रतियोगितालाई निरन्तरता दिइने छ ।

यसैगरी, प्रत्येक दुई महिनामा विद्यार्थीहरूका समस्याबारे स्ववियु र प्रशासनबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने पनि प्रमुख एजेन्डा रहेको छ ।

यस्ता छन् मुख्य एजेन्डाहरू :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077