Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

आइतवार , चैत्र २, २०८१

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

संसदको हिउँदे अधिवेशन चैत तेस्रो साता अन्त्य गर्ने तयारी थालिएको हो ।

सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने कार्यक्रम रहेको छ ।

सभामुख घिमिरे उज्वेकिस्तान जानुअघि नै संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो ।

अन्तर व्यवस्थापिका संघको सम्मेलन आगामी चैत २३ गतेदेखि २७ गतेसम्म हुँदैछ ।

त्यसैले सरकारले चैत २० गते अधिवेशन अन्त्यको तयारी गरेको स्रोतले बतायो ।

संसदको हिउँदे अधिवेशन गत माघ १८ गते सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077