Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

गाजामा इसराइलद्धारा हवाई आक्रमण

गाजामा इसराइलद्धारा हवाई आक्रमण

आइतवार , चैत्र २, २०८१

एजेन्सी । इजराइलको आक्रमणबाट गजामा ९ जना मारिएका छन्।

गाजामा युद्धविरामको विषयमा इजिप्टको राजधानी कायरोमा वार्ता हुँदै गर्दा इजराइलले गाजाको उत्तरी सहर बेइत लाहियामा हवाई आक्रमण गरेको हो।

आक्रमणबाट ९ जना प्यालेस्टिनी नागरिकको मृत्य भएको बताइएको छ। मारिनेहरुमध्ये तीन जना स्थानीय पत्रकार रहेका छन्। इजराइली हवाइ आक्रमणमा परी अरू धेरै जना गम्भीर घाइते भएका छन्।

इजराइलले गरेको हवाई आक्रमण एउटा कारमा परेको थियो। त्यसले कारभित्र रहेका र बाहिर रहेकाहरूको ज्यान लिएको भनेर रोयटर्सले लेखेको छ।

उक्त कारमा सवार रहेकाहरू एउटा च्यारिटी कार्यक्रममा जाँदै थिए। सोही कारमा केही रिपोर्टर र फोटो पत्रकारहरु पनि सवार थिए। उनीहरू सबैको मृत्यु भएको प्यालेस्टिनी मिडियाहरूले जनाएका छन्।

इसराइली सेनाले विज्ञप्ति जारी गरेर बेइत लाहियामा दुई 'आतंककारी'लाई निशाना बनाइएको भनेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077