Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

पूर्वविशिष्टको सेवा सुविधाबारे कांग्रेस सांसदले मागे सरकारको जवाफ

पूर्वविशिष्टको सेवा सुविधाबारे कांग्रेस सांसदले मागे सरकारको जवाफ

आइतवार , चैत्र २, २०८१

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिन लागिएको भन्दै विरोध गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले यस्तो असन्तुष्टि जनाएका हुन्। उनले मुलुक आर्थिक रुपमा कमजोर भएको अवस्थाका पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन कानून बनाइरहेको समाचारहरु आएको भन्दै यस्तो गर्न नहुने बताए।

अहिले वर्तमान पदाधिकारीको सुविधा घटाउने बेला भएको भन्दै उनले सांसदहरुको समेत सुविधा घटाउन प्रस्ताव राखे ।

सांसद यादवले भने, ‘पूर्वविशिष्टलाई सेवा सुविधा दिन लागेको भन्ने समाचार सही गलत के हो ? सभामुखमार्फत् नेपाल सरकारबाट जानकारीका लागि अनुरोध गर्दछु ।’

उनले भ्रष्टारचार नियन्त्रण गर्न नसकिएको, युवाहरु रोजगारीका लागि विदेश जान बाध्य भएको तथा जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थामा रहेको भन्दै सरकार त्यसतर्फ केन्द्रित हुन जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077