Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

ज्ञानेन्द्र शाहीलाई रघुजी पन्तले भने - संविधानले राजतन्त्र चिन्दैन, बहस गर्ने भए इतिहास पढेर आउनुहोस्

ज्ञानेन्द्र शाहीलाई रघुजी पन्तले भने - संविधानले राजतन्त्र चिन्दैन, बहस गर्ने भए इतिहास पढेर आउनुहोस्

आइतवार , चैत्र २, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीलाई इतिहास पढेर आउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले शाहीलाई उक्त आग्रह गरेका हुन् । सांसद पन्तले राजतन्त्रको कालखण्डमा विभिन्न घटना घटेको बताएपछि राप्रपा सांसद शाहीले आपत्ती जनाएका थिए।

सांसद पन्त बोल्दै गर्दा बीचमा राप्रपा सांसद शाहीले बोल्न थालेपछि सभामुखले समय लिएर बोल्न आग्रह गरे। तर,सांसद शाहीले नमानेपछि सांसद पन्तले आफ्नो समयमा बोल्न आग्रह गरे।

शाहीले नमानेपछि पन्तले इतिहास पढेर आफूसँग बहस गर्न आउन चेतावनी समेत दिए।

सांसद पन्तले भने, 'मसँग बहस गर्ने हो भने इतिहास पढेर आउनुहोस्। मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस्। अहिले संविधानले राजतन्त्र चिन्दैन। त्यसैले संसदमा यस विषयमा छलफल गर्न पाइँदैन। राजतन्त्र इतिहासको विषय भइसक्यो।'

उनले नेपालको संविधानले राजतन्त्र नचिन्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077