Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रचण्डलाई लक्ष्य गर्दै ज्ञानेन्द्र शाहीले सोधे - बाँदरमुडे घटना याद छ ?

प्रचण्डलाई लक्ष्य गर्दै ज्ञानेन्द्र शाहीले सोधे - बाँदरमुडे घटना याद छ ?

आइतवार , चैत्र २, २०८१

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाही अध्यक्ष प्रचण्डमाथि खनिएका हुन् । सांसद शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लिएर सदनमा प्रश्न गरे।

उनले माओवादी सशस्त्र द्वन्द्वकालका भएको चितवनको बाँदरमुडे घटना सम्झाए। निहत्था व्यक्तिको हत्या भएको घटनाको जिम्मेवारी लिन तयार हो ? भन्दै उनले माओवादीसँग प्रश्न गरे ।

शुक्रबार प्रचण्डले सिन्धुपाल्चोकमा पूर्वराजा ज्ञानेन्द्रलाई भाइमारा र मूर्तिचोरको आरोप लगाएका थिए।

केन्द्र र प्रदेश सरकारका कारण आमजनतामा निराशा बढेको दाबीसहित सांसद शाहीले आफूहरू राजासहितको प्रजातन्त्रको पक्षमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077