Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

नेप्सेमा दोहोरो अंकको गिरावट, ६ अर्ब ८३ करोडको सेयर कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ६ अर्ब ८३ करोडको सेयर कारोबार

आइतवार , चैत्र २, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक २१.६४ अंकले घटेर २७१४.८५ विन्दुमा अडिएको हो। नेप्से परिसूचक दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

यसदिन ३१६ स्क्रिप्सको १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँमा खरिदबिक्री भए। सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर सर्वाधिक ८.१९ प्रतिशतले बढ्यो।

बिशाल बजार कम्पनीको सेयर ५.३४ प्रतिशतले बढ्दा आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ४.४३ प्रतिशतले बढ्यो। ग्रीन डेभलपमेन्ट बैंकको सेयर भने ७.९१ प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५८ करोड ६६ लाख ८ हजार ३४८ रुपैयाँको सेयर कारोबार भयो।

यसैगरी महालक्ष्मी विकास बैंकको ३७ करोडको सेयर कारोबार हुँदा घलेम्दी हाइड्रोको ३६ करोड,नेपाल रिइन्स्योरेन्सको ३४ करोड र गार्डिएन माइक्रो लाइफ इन्स्योरेन्सको २६ करोडको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ३१ वटा स्टक्सको मूल्य बढ्दा २०७ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने स्थिर रह्यो। ट्रेडिङ समूहक उपसूचक बाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ४.९२ प्रतिशतले बढ्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077