Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

नक्कली प्रमाणपत्र लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

नक्कली प्रमाणपत्र लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

आइतवार , चैत्र २, २०८१

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयका शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ।

अख्तियारले सो विद्यालयमा कार्यरत शिक्षक पवन कुमार बुढाथोकीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनले रौतहटको महेन्द्र माध्यमिक विद्यालय चन्द्रपुरमा निम्न माध्यमिक शिक्षक तृतिय पदको नियुक्ति लिने बेलामा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।

प्रवक्ता पौडेलका अनुसार बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२, दफा २९ बमोजिम र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबीसहित आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077