Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

फोटो जलाउँदैमा कसैलाई पनि गिरफ्तार गर्नु हुँदैन : प्रचण्ड

फोटो जलाउँदैमा कसैलाई पनि गिरफ्तार गर्नु हुँदैन : प्रचण्ड

आइतवार , चैत्र २, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोटो जलाएकै आधारमा कसैलाई पनि पक्राउ गर्न नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत् लोकतन्त्रमा विरोधका विभिन्न रूप हुने भन्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने बताए।

प्रचण्डले भनेका छन्,‘लोकतन्त्रमा विरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’

प्रहरीले सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको फोटो जलाएको भन्दै निराजन बमलाई आइतबार पक्राउ गरेको थियो।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिवरहेका बमले शनिबार हेटौंडामा प्रचण्डको फोटो जलाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077