Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रधानमन्त्री कार्यालयले भन्यो - ओलीलाई पदमुक्त गराउन भूमि अध्यादेशविरुद्ध मुद्दा हालियो

प्रधानमन्त्री कार्यालयले भन्यो - ओलीलाई पदमुक्त गराउन भूमि अध्यादेशविरुद्ध मुद्दा हालियो

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । प्रधानमन्त्री कार्यालयले केपी शर्मा ओलीलाई पदमुक्त गराउने मनसायले भूमिसम्बन्धी अध्यादेशविरुद्ध मुद्दा हालिएको दाबी गरेको छ ।

भूमिसम्बन्धी अध्यादेशविरुद्ध मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारीगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त दाबी गर्दै जवाफ पठाएको हो ।

संसद अधिवेशन नरहेका बेला सरकारले गत माघ २ गते भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

यससम्बन्धमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणिन्द्र गौतमले सर्वोच्च अदालतमा लिखित कारण पेस गरेका छन्।

जसमा ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गराउने मनसायले भूमि अध्यादेशविरुद्ध मुद्दा हालिएको दाबी गरिएको छ ।

विपक्षीको निवेदन अदालतलाई राजनीतिक विवादमा समाहित गर्ने भावनाबाट प्रेरित रहेको दाबी लिखित जवाफमा छ ।

अदालतबाट न्यायनिरुपण योग्य नभएको विषयमा आदेश माग गरेबाट निवेदकको बदनियत पुष्टि हुने प्रधानमन्त्री कार्यालयले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077