Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

कांग्रेस प्रमुख सचेतक घिमिरेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माओवादीको माग

कांग्रेस प्रमुख सचेतक घिमिरेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माओवादीको माग

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेकी छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद राईले घिमिरेको भनाइ रेकर्डबाट हटाउन माग गरेकी हुन् ।

सांसद राईले भनिन्,‘‘यस्तो विचारले अनुशासित र मर्यादित रुपमा रहेको समाजलाई अराजकतातिर पुर्‍याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउन सभामुख महोदयको रुलिङको माग गर्दछु।’

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरले देशको विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए।

प्रतिनिधिसभाको बैठबमा विशेष समय लिएर बोलेका घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई नेपालमा खुला गर्नुपर्ने बताएका थिए।

धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने उनको आग्रह थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077