Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आज पनि दोहोरो अंकले घट्यो नेप्से, ५ अर्ब ४० करोडको सेयर कारोबार

आज पनि दोहोरो अंकले घट्यो नेप्से, ५ अर्ब ४० करोडको सेयर कारोबार

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ।

साताको पहिलो कारोबार दिन आइतबार २१.६४ अंकले घटेको परिसूचक आज १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा पुगेको हो।

नेप्से दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

आइतबार पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

नेप्से घटेसँगै आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ। आज ५ अर्ब ४० करोड ८३ लाख १४ लाख ७५ रुपैयाको सेयर कारोबार भयो।

आइतबार ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँको सेयर कारोबार भएको थियो। आज राप्ति हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सनको सेयर सर्वाधिक ९.८६ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४३ करोड ९३ लाख ६८ हजार मूल्य बराबरको सेयर कारोबार भयो।

नेपाल रिइन्स्योरेन्स कम्पनीको ३० करोड, महालक्ष्मी विकास बैंकको २२ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २० करोड,सीईडीबी होल्डिंसको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ८५ वटा स्टक्सको मूल्य बढदा १४५ वटाको घट्यो। बाँकी १३ स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077