Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ आज बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यलयमा बाँडफाँट भएको हो ।

बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा कुल १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएकोमा १० हजार १२६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ।

रितपूर्वक आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो। कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशत २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

यसका साथै कम्पनीका कर्मचारीहरूका लागि ३ प्रतिशत अर्थात् ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई ५ प्रतिशत १ लाख १२ हजार ५०० कित्ता साधारण सेयर पनि बाँडफाँट गरिसकेको छ।

त्यस्तै, १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका निष्कासन गरेको आइपिओ आज बाँडफाँट गरेको हो।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077