Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आर्थिक अभावले बयालपाटा अस्पतालका सेवा प्रभावित, अस्पताल प्रशासनले भन्यो - क्षमाप्रार्थी छौँ

आर्थिक अभावले बयालपाटा अस्पतालका सेवा प्रभावित, अस्पताल प्रशासनले भन्यो - क्षमाप्रार्थी छौँ

मंगलवार , चैत्र ४, २०८१

अछाम । अछामको बयालपाटा अस्पतालले आर्थिक अभावका कारण स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भोग्न थालेको छ । मंगलबार एक सूचना जारी गर्दै अस्पताल प्रशासनले सेवाग्राहीहरुसँग सेवा दिन नसकेको भन्दै माफी मागेको हो ।

अस्पताल प्रशासनका अनुसार हाल स्वास्थ्यकर्मीहरुको अभाव, औषधि तथा आवश्यक सामाग्रीको आपूर्तिमा समस्या देखिएको छ, जसले सेवाग्राहीहरुलाई समयमा उपचार सेवा प्राप्त गर्न कठिन बनाइरहेको छ ।

अस्पतालमा रिक्त रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पदपूर्ति गर्न नसकिएको, ल्याब तथा औषधि व्यवस्थापनमा समस्या देखिएको तथा सेवाग्राहीहरुलाई आवश्यक स्वास्थ्य सेवा समयमा दिन कठिन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । जनशक्ति अभावका कारण केही बिरामीहरुले सोही दिन उपचार प्राप्त गर्न नसक्ने र पुनः भोलिपल्ट आउनुपर्ने स्थिति सिर्जना हुन सक्ने सम्भावना रहेको छ ।

बयालपाटा अस्पतालको व्यवस्थापन गर्ने न्याय हेल्थ नेपालका अनुसार स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्न पहल भइरहे पनि आर्थिक संकटले थप चुनौती सिर्जना गरेको छ । 'आवश्यक जनशक्ति अभावका कारण सेवाग्राहीहरुलाई समय भित्र उपचार सेवा उपलब्ध गराउनका लागि निम्तन सक्ने सम्भाव्य प्रतिकुल परिस्थिति प्रति बयालपाटा अस्पताल परिवार क्षमाप्रार्थी रहनेछ,' सुचनामा उल्लेख छ ।

यहाँ विशेषगरी बाजुरा, अछाम, डोटी, कालिकोट र बझाङ जिल्लाका बिरामी सेवा लिन आउन गरेका छन् । उपचारका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाबाट बढी बिरामी आउने गरे पनि अन्य जिल्ला र प्रदेशका बिरामीले पनि सेवा लिइरहेका छन्‌ ।

तर अब आर्थिक अभावका कारण सेवा प्रभावित बन्ने अवस्थामा पुगेपछि यहाँका नागरिक समस्यामा पर्ने भएका छन् । यता प्रदेश सरकार र केन्द्र सरकारले सहयोगको आश्वासन दिने गरेका छन् । तर बजेट भने दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077