Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एसईईमा अमर्यादित काम गर्ने केन्द्राध्यक्षसहित सबै निरीक्षक हटाइयो

एसईईमा अमर्यादित काम गर्ने केन्द्राध्यक्षसहित सबै निरीक्षक हटाइयो

सोमवार , चैत्र १०, २०८१

पर्सा । पर्सा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अमर्यादित कार्य गर्ने स्थानीय एक विद्यालयका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षसहित केन्द्रमा खटिएका सबै निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा आज बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले महानगरस्थित सुरजीदेवी माध्यमिक विद्यालयको केन्द्रमा अनियमितता, लापरबाही तथा उच्छृङ्खल क्रियाकलाप देखिएकाले केन्द्राध्यक्ष नन्द्रकिशोर राम, सहायक केन्द्राध्यक्षद्वय सविता चौधरी र चन्द्रशेखर झासहित केन्द्रमा खटिएका सबै निरीक्षकलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।

प्रजिअ अर्यालले वैकल्पिक सूचीमा रहेका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय श्रीपुरका ब्रजमोहनप्रसाद कानुलाई उक्त परीक्षा केन्द्रमा केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको जानकारी दिए।

सोही परीक्षा केन्द्रका परीक्षार्थी ‘सिम्बल नम्बर’ ०३७०२४५६ ‘डी’ लाई यस वर्षको परीक्षाबाट निष्काशन गर्ने निर्णय पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077