Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बुद्ध एयरको सफ्टवेयर ह्याक गरेर टिकट बिक्री, दुईजना पक्राउ

बुद्ध एयरको सफ्टवेयर ह्याक गरेर टिकट बिक्री, दुईजना पक्राउ

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । बुद्ध एयरको सफ्टवेयर ह्याक गरेर टिकट बिक्री गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका-७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-९ बस्ने ४५ वर्षीय विवश भारती र गोरखाको अजिरकोट गाउँपालिका-३ घर भई काठमाडौंको तारकेश्वर-४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी छन् ।

उनीहरू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले आइतबार बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, एसपी काजी कुमार आचार्यका अनुसार टिकट खरिद‍बिक्रीको लागि बनाइएको अनलाइन कम्प्युटर प्रणाली (सफ्टवेयर) मा अनधिकृत रूपमा पहुँच पुर्‍याई गैरकानूनी रूपमा विभिन्न हवाई टिकट बनाएर बेचेको उनीहरूमाथि आरोप छ ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि दुवै जनालाई जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077